इराक: बगदादीको अडियो सन्देश


बग्दाद (एजेन्सी)
इस्लामिक कट्टरपन्थी समुह इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादीको एक अडियो सन्देश जारी गरिएको हो । यस बर्षको पहिलो उक्त सन्देशमा उनले विद्रोही लडाकुलाई अल्लाहद्वारा लिइरहेको परीक्षाको घडीमा एकजुट रहन भनेका छन् । उक्र अडियो सन्देश करिब ५५ मिनेटको छ । आफना समर्थकहरुलाई भय र भोकबाट परीक्षा लिइरहेको तर जसले धैर्यता पुर्वक यसको सामना गर्छ उसले मात्र खुसीको खबर पाउने बगदादीले बताएको सीएनएनले जनाएको छ । यद्यपी उक्त अडियो बगदादीकै हो वा होइन भन्ने पुष्टि भने अहिले सम्म भएको छैन ।