कञ्चनपुरमा गोली चल्यो, सात जना घाइते (अपडेट)



काठमाडाैं ।  चार दिनदेखि प्रदर्शन भइरेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बिहीबार दिउँसो गोली चलेको छ । गोली चल्दा सात जना घाइते भएका छन् । एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ ।

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, अर्जुन भण्डारा, सन्तोष कडरिया र तेज भट्ट लगायतका रहेका छन् । घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ ।

१३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो ।

महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको थियो । प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् । त्यही क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्