अष्ट्रेलिया: सामुहिक प्रार्थना


सिडनी,(एजेन्सी)
अष्ट्रेलियाको इतिहासमै सबैभन्दा खतरानाक खडेरीको अन्त्यका लागि मंगलवार करिव ३० हजार अष्ट्रेलियाली मुशिलमले सिडनी शहरमा सामुहिक प्रार्थना गरेको सरकारी संचार माध्यमले जनाएको छ ।

खेडेरीको कारण पिडित कृषक र अन्य व्यक्तिहरुको सहयोगका लागि एक्यैवद्धता र एकता प्रदर्शन गर्दै १६ वटा मस्जिदका प्रार्थनाकर्ताहरु एकै स्थानमा भेला भएका थिए । मुश्लिम समुदायको पवित्र वलिादानको चाडको रुपमा चिनिने इद अल अधा मनाउने क्रममा यो ऐतिहासिक कार्यक्रमको आयोजना भएके हो । पश्चिमी सिडनीको लाकेमवा मस्जिदमा लेवनानी मुश्लिम संघले यसको आयोजना गरेको हो ।