अफगानिस्तान: कामदार मुक्त


कान्दहार,(.एजेनसी)
अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत करिव २९ जना कामदारलाई लडाकू समूह तालिबानले मुक्त गरिदिएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दहारको एउटा निजी कम्पनीमा कार्यरत तिनीहरुलार्ई तालिवानले मुस्लिमहरुको पवित्र पर्व इद अल अधाको अवसर पारेर बुधवार मुक्त गरिदिएको हो । तनीहरुलाई तालिवान समूहका नेताको आदेशमा रिहा गरिएको बताइएको छ ।

गत जुन महिनाको मध्यतिर तिनीहरुलाई अपहरण गरी तालिवानका लडाकूहरुले हिरासतमा राखेको सरकारी सुरक्षाकर्मिहरुले बताएका छन् । सरकार समक्ष सुपुर्दगी गरिएका तिनीहरु आ–आफ्ना परिवारको सम्पर्क पुगिसकेका छन् ।