अाज संवैधानिक परिषदको बैठकः प्रधानन्यायाधीश ओमप्रकाश मिश्र की चोलेन्द्र शमशेर राणा ?



काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । अपरान्ह ४ बजे बस्ने बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्नेछ ।

यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुन संवैधानिक परिषदको बैठक बस्न सकेको थिएन । अघिल्लो साता बोलाईएको परिषदको बैठक विपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि स्थगीत भएको थियो । आजको बैठकले भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एक जनालाई सिफारिस गर्नेछ ।

यस्तै बैठकले आजै अख्तियारको प्रमुख आयुक्त सिफारिस गर्नेछ । गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ । आयुक्तकालागि हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्