अफगानिस्तान: सुरक्षित इलाकामा भिडन्त


काबुल (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा दुतावासहरु रहेको इलाकामा सुरक्षा बल तथा विद्रोही बीच भएको भिडन्तमा कम्तिमा ९ रकेट प्रहार भएको बताइएको छ । अहिलेसम्म उक्त आक्रमणमा दुई जना मात्र घाइते भएको बताइएको छ । रेखा खाना जिलामा ईदगाह मस्जिदमाथि मस्जिद उडेको र चारैतिर धुँवा उडिरहेका देखिएको एएफपीका संवाददाताले बताए ।

रेका खाना स्थित एक भवनमाथि विद्रोही लडाकुले कब्जा गरेको र काबुल तर्फ केही रेकेट प्रहार भएको गृह मन्त्रालयका प्रवक्ता नजिव दानिसले बताए । सुरक्षाकर्मी र विद्राहीबीच संघर्ष जारी रहेको उनले जानकारी दिए ।