हेलिकप्टरको पंखाले काट्दा भारतिय नागरिकको मृत्यु

0
Shares

अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको हिल्सामा अवतरण गर्नेँ क्रममा भारतिय तिर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहता रहेका छन । मनाङ्ग एअरको हेलिकप्टर बाट तिब्बत संग जोडिएको हुम्लाको हिल्सा नाकामा रहेका हेलिप्याटमा अवतरण गर्दे गर्दा आफानो सेल्फी फोटो खिच्नेक्रममा हेलिको पछाडिको पँखाले लाग्दा घटनास्थलमै मृत्यु भएको सिमाना प्रहरी चौकी लाई उद्धित गर्दे सिमकोट विमानस्थल श्रोतले बताएको छ।
मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट तिब्त संग जोडिएको हिलसा नाकमा रहेको हेलिप्याटमा हेलिकप्टरको पंखाले काट्दा भारतीय नागरिक मेहताको मृत्यु भएको होे।
मृत्यक मेहता मुम्बइको एक्प्लोर कैलास ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर दर्शन गर्न गएका हुन ।
हिल्सामा हेलिकप्टर अवतरण गरिसकेपछि हेलिको अगाडि बाट ओर्लनु पर्नेमा पछाडिबाट ओर्लदाँद पंखा लागेर र्मत्यु भएको हो । मृत्युक मेहेताको टाउँको अन्य शरिरको भाग नै क्षेतविछेद बनाएको छ । हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ। ऋहिले मृत्यका भारतिय नागरिकाको लाश सिमकोटमा ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ ।