साउदीमा ज्यान गुमाएका तीन खोटाङबासीको परिवारलाई ब्लडमनी


रामधन राई, खोटाङ ।
वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ ।
अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा ३२११४२३ राहदानी नम्बर भएको मृतक रामनाथ राई, ४४९४०९८ नम्बरको राहदानी नम्बर भएको देवराज राई र ०६०९४०९२ नम्बरको राहदानी भएको मृतक सन्तोष खत्रीको परिवार रहेका छन् ।
रामनाथको परिवारलाई साउदी रियाल ७५ हजार, देवराजको परिवारलाई २० हजार रियाल र सन्तोषको परिवारलाई २० हजार रियाल पठाईएको उल्लेख गरिएको छ । ब्लडमनी परराष्ट्र मन्त्रालयमा पठाईसकिएको दुतावासले जनाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।