सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयद्वारा पत्रकार सम्मेलनको आयोजना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले साउन १५ गते पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भए गरेका कामकारवाहीबारे जानकारी गराएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक बावुराम पाण्डेले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी लगायत संगठनले नागरीकको सेवा र सुरक्षामा गरेका कार्यहरु, संगठनको नयाँ संरचना, संगठनमा वृत्तिविकास योजना, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा गरिएका कार्यहरु, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्वारकार्य लगायतका विविध विषयमा संचारकर्मीहरुलाई जानकारी गराउनुभयो ।

सो अवसरमा विभिन्न संचारकर्मीले राखेको जिज्ञासामा उहाँले स्पष्ट पार्नु भएको थियो ।

पत्रकार सम्मेलनमा बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक पाण्डेले प्रस्तुत गर्नु भएका केही प्रमुख कार्यहरु यस प्रकार रहेको छ ।

१. जिम्मेवारी

सीमा सुरक्षा तथा सीमा व्यवस्थापन¸ विपद् व्यवस्थापन तथा सेवा¸ सुरक्षा¸ सहयोग र उद्दार¸ औद्योगिक सुरक्षा¸ राजस्व तथा भन्सार सुरक्षा एवं राजस्व संकलन अभिवृद्धि गराउनमा सहयोग¸ सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, अपहरित व्यक्तिको उद्दार, भि.भि.आई.पि. एवं भि.आई.पि. सुरक्षा लगायत नेपाल सरकारले विभिन्न समयमा सुम्पेका थप जिम्मेवारीहरु ।

२. नागरिक सेवा र सुरक्षा प्रदान

  • विकट रहेका नागरिकहरुलाई समेत सशस्त्र प्रहरी सेवा प्रदान गर्न परम्परागत सांगठनिक संरचनाको अवस्थाबारे विस्तृत अध्ययन गरिएको ।
  • राष्ट्रको परिवर्तित आवश्यकतालाई परिपूर्ति गर्न तथा विशेष सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बल¸ नेपालको हालको संरचनालाई परिमार्जन गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2075/02/27 गतेको निर्णयबाट “सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण 2075” स्वीकृत भई सो बमोजिमको संरचना यसै महिनाबाट लागू गरिएको/लागू हुने क्रममा रहेको ।
  • संगठनले अबका दिनहरुमा सेवा प्रवाह र सुशासन कायम राख्न आफ्नो ‘म्याण्डेटोरीयल टास्क’ सहित सशस्त्र प्रहरी कर्मचारीहरु Long Range Patrol (LRP), Force March, Short Range Patrol (SRP) का रुपमा परिचालन भई गाउँ-गाउँसम्म पुगी जनतालाई सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्‌मा उद्दार गर्ने व्यवस्थालाई बलियो बनाइएको ।
  • हालका दिनहरुमा काठमाडौं उपत्यका लगायत देशका सातै प्रदेशमा गरी करीव ७७ वटा छुट्टा-छुट्टै टोली Immediate Response Team (IRT) को  रुपमा Highway मा चौविसै घण्टा खटिएको ।
  • आपतविपद्‌मा उद्दार कार्यका लागि बनाइएको टोली १३ स्थानमा एम्वुलेन्स, प्राथमिक उपचारका सामान तथा अन्य सुरक्षा सामाग्रीसहित चौविसै घण्टा मूल सडकमै तैनाथ रहेको ।

 

  • सशस्त्र प्रहरी सेवा प्रदान गर्न देशभर गरी ९ सयभन्दा बढी स्थानमा दैनिक रुपमा ड्‍यूटी परिचालन गरिएको ।
  • प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रदान गर्न दैनिक रुपमा करीव ९ हजारको जनशक्तिलाई परिचालन गरिएको ।
  • देशभरका विभिन्न व्यारेकमा गरी करीव ३ हजार जनशक्ति तत्काल परिचालन गर्ने गरी चौविसै घण्टा उच्च सतर्कतामा राखिएको ।
  • जनतालाई सेवा प्रदान गर्ने सिलसिलामा सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयसँग सिधै सम्पर्क गर्न हटलाईन सेवा ४२८७३४७ साथै टोल फ्रि नं. 11१4 को व्यवस्था गरिएको ।

३. संगठनको नयाँ संरचना

  • हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी ७ प्रदेश र उपत्यकामा १ गरी जम्मा ८ वटा बाहिनी रहने ।
  • विद्यमान तालिम केन्द्रहरु यथावत राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप नयाँ ५ तालिम केन्द्र स्थापना गरिने ।
  • 237 नफ्रीका सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी 621 नफ्रीको गणमा स्तर वृद्धि गरिएको ।
  • हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा वृद्धि भई ५६ भएको । १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपाल परिचालन हुने अवसर श्रृजना भएको ।
  • हाल रहेका ८७ बि.ओ.पि.हरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार गणबाट परिचालित हुने गरी बि.ओ.पि.हरुको संख्यालाई कायम राखी अरु थप बि.ओ.पि.हरु स्थापना गरी सीमावर्ती इलाकामा परिचालन हुने हुँदा बि.ओ.पि.को संख्यामा उल्लेख्य वृद्धि हुने ।
  • सम्पूर्ण सशस्त्र प्रहरी बल, नेपालका इकाईहरु (तालिम शिक्षालय बाहेक) 8 स्थानमा रहेका बाहिनीको कमाण्डमा परिचालन हुने ।
  • जिल्लामा रहेका सबै किसिमको गुल्म तथा पोष्टहरुको कमाण्ड उक्त जिल्लामा रहेको सशस्त्र प्रहरी गणको रहने ।
  • केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरिने साथै प्रत्येक बाहिनीमा १/१ से.मु. नफ्रीमा महिला सशस्त्र प्रहरी कर्मचारीलाई खटाईने ।
  • हाल प्रदेश नं. १ र प्रदेश नं. ६ मा क्षेत्रीय अस्पताल रहेकोमा भविष्यमा सबै प्रदेशमा रहने गरी स्थापना गर्दै लगिने ।
  • सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्दा जिम्मेवारी सहित सरुवा प्रणालीको नीति बनाई सरुवा गर्न लागिएको ।

४. सशस्त्र प्रहरी बल¸ नेपालको नयाँ सांगठनिक पुनर्संरचना गर्दा हुने फाईदाहरु

  • एकै तहका युनिटहरुको नफ्रीमा समान हुने।
  • युनिट सरुवा प्रणाली लागू गर्न सकिने ।
  • सांगठनिक संरचना तथा चेन अफ कमाण्ड मजबुत हुने ।
  • सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको उपस्थिति रहने ।
  • संगठनमा हाल रहेको जनशक्तिबाट नै नयाँ संरचनामा जान सकिने ।
  • सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सहयोग पुग्ने ।
  • अवसरको समान तथा न्यायोचित वितरण हुने ।
  • कमाण्डमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई थप जिम्मेवार बनाउन सकिने ।
  • प्राविधिक समूहमा रहेका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा थप टेवा पुग्ने ।

५. दैनिक कार्य सम्पादनमा लेस पेपर अवधारणा लागू

  • प्रविधिको प्रयोगमा जोड ।
  • इन्ट्रानेटको संजालमा ल्याई दैनिक कार्यलाई सहज, सरल र प्रभावकारी ।

 

  • कम भन्दा कम पेपरको प्रयोग ।

६. अवैध चोरीपैठारी निकासी नियन्त्रण

  • सशस्त्र प्रहरी बल¸ नेपालले २०७५ साल वैशाख¸ जेष्ठ र आषाढ गरी तीन महिनाको अवधिमा कूल ३ करोड ८९ लाख ४४ हजार ९४३ रुपैयाँ बराबरको चोरीपैठारी निकासी, अवैध सवारी साधन र वन पैदावार¸ १¸८९५ क्यू.फिट काठ बरामद गरी सम्बन्धित कार्यालयहरुमा बुझाएको ।

२०७५ साल वैशाख¸ जेष्ठ र आषाढ महिनामा चोरीपैठारी निकासीका सामान बरामद

क्र.सं. महिना बरामद सामानको रकम कैफियत
अङ्कमा अक्षरमा
1. वैशाख 1¸०८¸३०¸८५१/- एक करोड आठ लाख तिस हजार आठसय एकाउन्न रुपैया  
2. जेष्‍ठ १,26,००,६६९/- एक करोड छब्बीस लाख छ सय उनान्सत्तरी रुपैया  
3. आषाढ 1¸5५¸१३¸४23/- एक करोड पचपन्न लाख तेह्र हजार चार सय तेईस रुपैया  
जम्मा ३¸८९¸४४¸९४३/- तिन करोड उनान्नब्बे लाख चवालिस हजार नौ सय त्रिचालिस रुपैया  

७. अपराध नियन्त्रणतर्फ

अवैध पक्राउ

सि.नं. महिना ब्यक्ति भरुवा/एयर बन्दुक बिभिन्न हतियारका राउण्ड कैफियत
1. २०७५ वैशाख ७७ १ २९  
2. २०७५ जेठ ६४ – –  
3. 2075 आषाढ 42 – –  
जम्मा १83 जना १ थान २९ गोटा  

८. अवैध हातहतियार तथा लागूऔषध बरामद

सि.न. महिना गाँजा (के.जि.) चरेश (के.जि.) नाईट्रोजन(ट्याब्लेट) नाईट्रोभेट(ट्याब्लेट) लुपिजेसिक(ट्याब्लेट) कोरेक्स(बोतल) फेनरागन(ट्याब्लेट) एभिल(बोतल) सिरिन्जहरु स्पास्मो प्रोक्सिभन डाईजेपाम(ट्याब्लेट) नुफिन अन्य
१ बैशाख ६ 110 298 0 0 6 21 0 1 0 21 21 2
२ जेष्ठ ३   194 13 0 2 26 0 0 130 90 19 0
३ आषाढ १   154 30 261 0 446 72 8 69 377 378 364
जम्मा 10 110 646 43 261 8 493 72 9 199 488 418 366

 

९. विपद् उद्दार

  • विपद् उद्दार सशस्त्र प्रहरी बल¸ नेपालको उच्च प्राथमिकताको क्षेत्र रही आएको ।
  • काठमाडौं उपत्यका, चितवनको कुरिनटार लगायत सबै बाहिनीहरुमा ५० जनाको दरले दक्ष जनशक्ति खटाइएको
  • यसै वर्ष वैशाख,जेष्ठ र आषाढ महिनाको अवधिमा उद्दार कार्यमा ४ हजार ७ सय १९ जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको ।
  • 2075 साल वैशाखदेखि हालसम्म भएको विपद् उद्दार सम्बन्धी घटनाको विवरण

 

 

क्र.सं. विवरण घटना संख्या घाईते उद्दार मृत्यु उद्दार भौतिक क्षति वेपत्ता आर्थिक क्षति परिचालित नफ्री कै.
1. सडक दुर्घटना 360 1¸155 189 0 0 0 2¸325 जना  
2. आगलागी 161 21 5 181 0 1¸91¸00¸64¸222 1¸861 जना  
3. बाढी पहिरो 28 26 31 36 8 0 302 जना  
4. हवाई दुर्घटना 2 0 0 0 0 0 0  
5. अन्य 72 18 33 27 8 0 231 जना  
जम्मा 623 1¸203 241 212 16 1¸91¸00¸64¸222 4¸719 जना  

 

1१. सशस्त्र प्रहरी बल¸ नेपालमा वृत्तिविकास योजना

  • अहिलेसम्म विभिन्न दर्जाका गरी ७१४ जनाको पदोन्नति गरिएको । २¸२७९ जना नयाँ नियुक्ति (भर्ना) गरिएको।
  • सशस्त्र प्रहरी बल¸ नेपालको ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन एवं संशोधनको प्रक्रिया अगाडी बढाउने योजना रहेको  ।
  • संगठनको विकास र विस्तारका लागि संरचनामा समयानुकूल परिवर्तन गर्दै लगिने ।
  • सशस्त्र प्रहरी बल¸ नेपालको प्राविधिक सेवालाई समयानुकूल स्तरोन्नति गर्दै लैजाने।
  • कार्य सम्पादन मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा व्यवस्थित तथा समयानुकूल विकास गर्दै लैजाने ।
  • प्रविधिमुखी प्रणालीको कार्यान्वयनमा जोड र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षा सामाग्री उपलब्धताका लागि पहल गर्ने ।
  • सशस्त्र प्रहरी बल¸ नेपालको विपद् व्यवस्थापनको कार्यलाई संस्थागत, आधुनिकीकरण, प्रभावकारी, विशिष्टीकरण र व्यापकता प्रदान गर्दै लैजाने।
  • भ्रष्टाचार¸ लैङ्गिक हिंसा र मानव अधिकारका क्षेत्रमा शुन्य सहनशीलताको नीति अवलम्बन ।
  • मानव अधिकार संरक्षण र प्रवद्धनको क्षेत्रमा खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्ड अनुसारको नीति तथा योजना तर्जुमा।
  • सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत सकल दर्जाका कर्मचारीहरूको लैङ्गकि समानतालाई अभिवृद्धि गर्न लैङ्गकि एकाईको स्तर अभिवृद्धिमा जोड ।
  • सशस्त्र प्रहरी बल¸ नेपालका राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्न तथा अन्तर्राष्ट्रिय स्तरमा संगठनको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघीय सेवामा विस्तारका लागि पहल गरिने ।

१२. गुनासो ब्यवस्थापन सम्बन्धमा

  • गुनासो ब्यवस्थापनको लागि सचिवालय मातहतमा गुनासो सुनुवाई शाखाको ब्यवस्था गरिएको र छानविन गर्दा दोषी पाईएकालाई कारवाही गरिएको ।
  • हेलो सरकारबाट प्राप्त गुनासोहरुलाई तत्काल सुनुवाई गरी त्यसको प्रगति विवरण अनलाईनबाट नै हेर्न सकिने ब्यवस्था रहेको ।
  • गुनासो फोकल अधिकारी तोकी यसलाई सिघ्र कार्यान्वयनको ब्यवस्था मिलाईएको ।

२०७५ वैशाखदेखि आषाढसम्म

सि.नं. विवरण संख्या फर्छ्‍यौट भईसकेको फर्छ्यौट हुन बाँकी कैफियत
१ अनियमितता (राशन तथा आर्थिक) ६ ५ १  
२ लैंगिक तथा घरेलु हिंसा ५ ४ १  
३ आचरण विपरित कार्य एवं अनियमितता ५ ५ –  
४ सरुवा, बढुवा तथा काज ६ ६ –  

 

५ तलब भत्ता – – –  
६ यु.एन. मिशन ५ ५ –  
७ तालिम – – –  
८ आर्थिक कारोबार ५ ४ १  
९ अन्य १७ १७ –  
जम्मा ४९ ४६ ३  

 

नोट :- बैशाख – ११, जेष्ठ- २२, आषाढ – १६ ‍=  ४९

(ईमेल/फेसबुक-५, टेलिफोन-१८, निवेदन/प्रत्यक्ष-२४, पत्र/फ्याक्स- २)

१३. यू.एन. मिसन सम्बन्धी :-

  • सशस्त्र प्रहरी बल नेपाल UN Peacekeeping Mission को लागी बिभिन्न शान्ती स्थापना मिशनमा खटिएको
  • शान्ति मिसनमा छनौट कार्यविधि लागू गरी छनोट कार्य निष्पक्ष र पारदर्शी ढंगले गरिरहेको ।
  • सन् २००२¸ अक्टोबर १९ बाट यू.एन. मिसनमा सहभागिता ।
  • हाल UNPOL ३१ जना र FPU-३२० जना ।
  • UNPOL ७८५ जना र FPU ६४५९ जना कार्यकाल पूरा गरेका ।
  • UNMISS NEPFPU-I Juba -१८० UNMISS NEPFPU-II Bor -१४०

१४. कारवाही

  • स.प्र. बल नेपालले नेपाल सकारको भ्रष्टाचार र लैंगिक हिंसामा सुन्य सहनशिलता, मानवअधिकारको पूर्ण सम्मान गर्ने नीतिको अक्षरस: लागू गर्न प्रतिबद्ध रहेको ।
  • अनुशासनहिन कामकारवाही गरी जवाफदेही नहुने र आचरण विपरितका कामकारवाहीहरु गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही गर्ने नीति अबलम्बन गरिरहेको ।
  • कमाण्ड तथा जिम्मेवारी सन्तोषजनक नभएका ३ युनिट प्रमुखलाई जिम्मेवारीबाट हटाईएको ।
  • २१० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई विभागीय कारवाही गरिएको ।

कारवाहीको विवरण :-

क्रसं साल/ महिना सिनियर अधिकृत जुनियर अधिकृत बिल्लादार तथाजवान जम्मा
नोकरीबाट हटाइएको घटुवा बढुवा रोक्का अन्य कारवाही नोकरीबाट हटाइएको घटुवा बढुवा रोक्का अन्य कारवाही नोकरीबाट हटाइएको घटुवा बढुवा रोक्का अन्य कारवाही
१ वैशाख     १ १     १ १८ २ १ २१ ४५ ९०
२ जेष्‍ठ     २ १     २ ९   ३ २४ ४१ ८२
३ आषाढ       १       ९   १ ८ १९ ३८
जम्मा     ३ ३     ३ ३६ २ ५ ५३ १०५ २१०

१५. सेवानिवृत्त सम्बन्धी

राजीनामा तथा अवकाश सम्बन्धी

महिना स.प्र.नि. स.प्र.ना.नि. स.प्र.स.नि. स.प्र.व.ह. स.प्र.ह. स.प्र.स.ह. स.प्र.ज. स.प्र.प. जम्मा
राजीनामा
वैशाख १ १० ४५ ११ १ ३ २८ १ १००
जेष्‍ठ १ १४ ५५ ३६ ४ ६ ४१ ३ १६०
आषाढ १ ३ ३३ ४१८ २६ १३ २९ ३ ५२६
जम्मा ३ २७ १३३ ४६५ ३१ २२ ९८ ७ ७८६
अवकाश

 

बैशाख जेष्ठ र आषाढ ११ १०२ ८९ २०२
राजीनामा ३ महिनामा ३ १६० ६२३ ७८६

 

१६. खेलकुद

  • राष्ट्रियस्तरका ३ प्रतियोगिताहरुको सशस्त्र प्रहरी बल¸ नेपालद्बारा आयोजना
  • कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता,
  • सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिता,
  • सशस्त्र प्रहरी महानिरीक्षक खुल्ला महिला भलिबल प्रतियोगिता,
  • मुख्य खेलहरु फुटबल, भलिबल, व्याडमिन्टन, क्रिकेट, बक्सिङ, कराते, जुडो, तेक्वाण्डो, एथ्लेटिक्स, जिम्न्यास्टिक, लनटेनिस, उसु, हृयाण्डबल, चेस, टेवल टेनिस, सफ्ट टेनिस, साम्बो ।

२०७५ सालमा भएका विभिन्न खेलकुदमा प्राप्त पदकहरुको विवरण :-

विवरण स्वर्ण रजत कास्य जम्मा पदक
२०७५ साल वैशाख, जेष्ठ र आषाढ महिनामा प्राप्त पदकहरु राष्ट्रिय २७ ९ २२ ५८
अन्तर्राष्ट्रिय १२ ७ १५ ३४
जम्मा पदक ३९ १६ ३७ ९२

 

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????