वटु भद्रकाली मन्दिरको पुनःनिर्माण शुरु


काठमाडौँ ।
भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित उक्त मन्दिरको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चासो रहेको भन्दै समयतालिका बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । एक वर्षभित्र निर्माणको कार्य सक्नेगरी शिलान्यास गरिएको उक्त मन्दिर निर्माणका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । प्रताप मल्लको पालामा निर्माण भएको उक्त मन्दिरसँगै अन्य धेरै ऐतिहासिक सम्पदामा भूकम्पले क्षति पुगेको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।