रियल स्कुल अफ नेपालको नारायणघाट अडिसन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
रियल स्कुल अफ नेपाल,२०१८ अन्तर्गत सातौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको नारायणघाटमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट सैनिक आवसीय महाविद्यालय विजयी विद्यालय घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरु सोनीया कार्की, सीम्रन क्षेत्री, निश्चल मगर, सबीना थापा, जीवन महतो र प्रमेश दराई रहेका छन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल,२०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।