सुजुकीको स्विफ्ट एक्स्चेन्ज क्याम्प शुरू

0
Shares

काठमाडौं, (नेस)
सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले स्विफ्ट एक्स्चेन्ज क्याम्प शुरू गरेको छ ।साउन १३ गतेदेखि साउन १५ गतेसम्म नयाँ स्विफ्ट तेस्रो संस्करणको मोडललाई लक्षित गर्दै ३ दिने एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो ।

स्विफ्टको नयँँ मोडलसँग एक्स्चेन्ज गर्दा कम्पनीले उपभोक्तालाई ठाउँमै मूल्य निर्धारण गरी ४० हजार रुपियाँको विशेष एक्स्चेन्ज बोनस प्रदान गर्नेछ । कम्पनीले सोही मोडलमा ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्सको व्यवस्था गरिदिने भएको छ ।

तेस्रो संस्करणको नयाँ स्विफ्ट यस श्रेणीको सर्वाधिक स्पोर्टी रुप भएको मोडल हो । पूर्ण रुपमा नयाँ डिजाइनसहितको यस सवारी साधन पाँचौ संस्करणको हर्टेक्ट प्ल्याटफर्ममा निर्मित छ । यस मोडलमा पँर्वपरीक्षण गरिएको के १२ भीभीटीट इन्जिन रहेको छ जसले ८३ पिएस पावरसहित २२ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्छ ।

नयाँ स्विफ्टमा डबल एयरब्याग, एन्टिलक ब्रेकिङ प्रविधि, फ्रन्टल पेडेस्ट्रियन प्रोटेक्सन प्रविधि, फोर्स लिमिटर र प्रिटेन्स्नरसहितको सिट बेल्ट एवम् सुरक्षामा केन्द्रित आइसोफिक्स् चाइल्ड सिट एन्कोरेजस्ता प्रविधि उपलब्ध छन् । नयाँ स्विफ्टमा ब्लुटुथ ह्याण्ड्स फ्रि प्रविधि, अटो एसि, आयल ह्वील, पुश स्टार्ट बटन, रिमोट किलेस इन्ट्री, फ्रन्ट फगल्याम्पस्, सेक्युरिटी आलार्म सिस्टम आदि इत्यादि प्रविधि समावेश गरिएको छ ।