झिनो अंकको सुधार

0
Shares

काठमाडौं, (नेस)
साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ६२ अंकले बढेर १ हजार १ सय ९४ दशमलव ८२ को बिन्दँमा पुगेको छ ।

कुल १ सय ५३ कम्पनीको ७ लाख ८१ हजार ४८४ कित्ताको शेयर १८ करोड ४९ लाख ९ हजार २७० रुपियाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार जलविद्युत् लगानी कोष तथा विकास बैंकको भएको छ । जसको १ करोड २६ लाख ३४ हजार ३५४ रुपियँँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र नेपाल बैंक परेका छन् ।

त्यस्तै धेरै कमाउनेमा नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेको छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै धेरै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६७ प्रतिशतले घटेको छ ।

यस दिन पाँच वटा समूह घटेको छन् भने बाँकी पाँच वटा समूह बढेका छन् । जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५२ दशमलव ६७ अंकले बढेको छ । त्यस्तै बैंकिङ समूह २ दशमलव ९४, विकास बैंक समूह ६ दशमलव ७७, निर्जीवन बीमा कम्पनी समूह ९ दशमलव ९२ र अन्य समूह ६ दशमलव ३६ अंकले बढेका छन्। साथै होटल समूह २० दशमलव १४, जलविद्युत् समूह ३ दशमलव ९९, फाइनान्स समूह १ दशमलव १२ उत्पादन मँलक समूह ६ दशमलव ८२ र लघुवित्त समूह १ दशमलव ५ अंकले घटेका छन्।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शँन्य दशमलव ५९ अंकले बढेर २ सय ५१ दशमलव ५५ अंकमा पुगेर बन्द भएको छ ।