नबिल बैंकले वृक्षारोपण कार्यक्रम

0
Shares

काठमाडौं, (नेस)
नबिल बैंकले ३४औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न सामाजिक काम गरेको छ, त्यस क्रममा बैंकले मीनभवन नजिकको बागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३०औं वार्षिकोत्सवको उपलक्षमा २०७१ देखि यस क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो।

बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुदलगायत वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले खुशी व्यक्त गर्नु भयो ।