शेयर कारोबार खुम्चियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक साताको पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन १ हजार १ सय ९१ दशमलव २० अंकमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीको कारोबार भएको छ । जसअनुसार १६ हजार ८ सय ८६ कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपियाँबराबरका ३९ लाख ४५ हजार ७ सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशत कम हो । गत साता १ सय ८६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १५ हजार १ सय २८ कारोबारबाट १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपियाँ बराबरका ४७ लाख ५४ हजार ५ सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पहिलो दिनको तुलनामा २ दशलमव १० अंकले बढेर २ सय ५० दशमलव ९६ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । नबिल बैंकको ५ करोड ३० लाख ३० हजार रुपियाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा देखिएको छ । मेगा बैंकको १ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने साताभर ७ सय ४५ वटा कारोबारसहित रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो भने यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।