लागुऔषधसहित ढकाल पक्राउ


काठमाडौँ ।
महानगरीय प्रहरी परिसरले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट लागुऔषध झोलामा बोकेर हिँडिरहेको अवस्थामा चितवन घर भएका २८ वर्षीय श्रीराज ढकाललाई शुक्रबार राति पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ ढकालसँग ५१ एम्पुल नुर्फिन, ६४ एम्पुल फेनार्गन, ८५ एम्पुल डाइजेल्याव बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ ढकाललाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त बौद्ध लगिएको थापाले बताउनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।