लागू औषध ट्याब्लेट सहित एक व्यक्ति पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नियन्त्रित लागू औषध नाईट्राजेपाम १५३० ट्याब्लेट सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रावन ७ गते लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रामेछाप जिल्ला लिखुँ गाँउपालिका वडा नं.७ मा घरभई ललितपुर जिल्ला टिकाथली बसोबास गर्ने १८ वर्षीय जेम्स बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

निजलाई जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राधाकृष्ण चोकबाट पक्राउ गरिएको हो । निज बुढाथोकी विगत लामो समय देखि औषधीजन्य मनोद्विपक पदार्थको अवैध कारोवारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

Skip This