गुठी संस्थानको सदस्यमा डंगोल


काठमाडौँ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थानको सञ्चालक समिति सदस्यमा रामशरण डंगोललाई नियुक्त गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ कालीमाटीका डंगोललाई गुठी संस्थान ऐन, २०३३ अनुसार तीन वर्षका लागि मनोनीत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार यही साउन ६ गतेको मन्त्रिस्तरीय निर्णयले डंगोललाई उक्त पदमा मनोनीत गर्ने निर्णय गरेको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।