पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु


चितवन ।
खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरी खोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनीहरूसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं इमाडोलकी १५ वर्षीया अस्मिता गौतमको भने जीवितै उद्धार गरेको छ । गौतमको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।