शेयर बजार दोहोरो अंकले बढ्यो


काठमाडौँ ।
लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२।८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।४६ बिन्दुले बढेर २५१।३२ बिन्दुमा पुगेको छ ।

आज कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा कमी आएको छ । आइतबार रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार बैंकिङ ८।०६, होटल शून्य, विकास बैंक १५।८८, जलविद्युत् १९।०१, वित्त १।८, निर्जीवन बीमा १३३।५१, उत्पादन १०।९१, अन्य ९।६३, माइक्रोफाइनान्स ३५।४५ र बीमा ५४।८६ बिन्दुले बढेको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।