दाईलाई बचाउन जादा भाईको पनि मृत्यु


वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर २८ लालपर्सामा पोखरीमा डुबेर दाजुभाईको मृत्यु भएको छ ।

भरत साह कलवारका १३ वर्षका छोरा सुमित कुमार साह र ११ वर्षका अमित कुमार साहको आईतबार पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आईतबार धान रोपाईको लागि खेतमा पानी लगाउन जादाँ बुवा सँगै सहयोग गर्न गएका दाजुभाईहरु नजिकै रहेको पोखरीमा नुहाउन जाँदा पहिला दाई सुमित पोखरीमा डुबेका थिए । संगै रहेका अमितले दाई डुबेको देखेपछि बचाउन जाँदा उनको पनि डुबेर मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक दाजुभाईको शव पोष्टमार्टमको लागि नारायणी उप–क्षेत्रीय अस्पतालमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।