महिलाको आत्मसम्मानका लागि सदैव क्रियाशीलः मन्त्री तामाङ


काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले महिलाको आत्मसम्मानका लागि आफू सदैव क्रियाशील रहिरहने बताउनुभएको छ ।

मन्त्री तामाङले आज एक विज्ञप्ति जारी गर्दै आफू हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा क्रियाशील रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले साउन ४ गते प्राक्सिस इन्टरनेशनल स्कुलका माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई दिने क्रममा बोलेका कुरा संचारमाध्यममा सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै बंगलादेशमा विद्यार्थीले भोग्नुपरेको समस्याबारे उजागर मात्र गरेको बताउनुभएको छ ।

“नेपाली विद्यार्थीले बंगलादेशमा अध्ययनरत रहँदा आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीको रुपमा रहेका छन्”–उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “नेपाली विद्यार्थी विदेशमा चिकित्सा विषय अध्ययन गर्न जानुको विकल्पमा नेपालमा नै उक्त विषय अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीहरुले त्यस्ता समस्या भोग्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।”
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।