घुस लिएको आरोपमा गुठी कर्मचारी पक्राउ


बर्दिवास ।
महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारी आज ३५ हजार घुस लिएको आरोपमा थलोमै पक्राउ परेका छन् ।

असुली सहायक जयकुमार राउत शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको भनिएको रकमसहित नियन्त्रणमा लिएको हो । अभियुक्त शर्माले सेवाग्राहीसँग गुठीअन्तर्गतको जग्गाको धितो फुकुवा गराइदिने भन्दै घुस मागेको आयोगले आरोप लगाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।