इन्जिनियर शेखरनाथ खनालविरुद्ध मुद्दा दायर


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकानुसार इन्जिनियर खनालले खानेपानी तथा सरसफाइसम्बन्धी कामको पहिलो किस्ताबापतको बिल भुक्तानी गर्ने क्रममा रु एक लाख ३० हजार घुस माग्दै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले इन्जिनियर खनालसँग बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।