छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


लहान। सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रह्मपुरी निवासी हरिराम साहको पाँच वर्षीय छोरा अजितकुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यस्तै आफ्नै घरमा बिजुलीको पंखाको तार जोड्ने क्रममा आज बिहान करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका ५५ वर्षीय सगमलाल महतोको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।