विदेशमा ज्यान गुमाएकालाई आर्थिक सहयोग



अमृत अर्याल, स्याङजा ।

स्याङजा प्रदेश सांसद तथा बिद्याऐन समितीका संयोजक मोहन रेग्मीले रोजगारीको शिलशिलामा बिदेश जाने तर अल्पायुमै ज्यान गुमाएर बाकसमा फर्किन परेको युवाहरुको पिडा प्रती दुख व्यत्त गर्नुभयो ।

स्याङजाको वालिङ न.पा भुम्रेका युवा महेश श्रेष्ठको रोजगारीको शिलशिलामा अफ्रिकी मुलुक सिसेल्समा गत बैशाख २४ गते मृत्यु भएको थियो । श्रेष्ठको परीवारलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा रेग्मीले रोजगारीको अभाब हुदाँ कैयौ नेपाली युवाले अल्पायुमा ज्यान गुमाउन परेको बाध्यात्मक अबस्था प्रति दुख व्यत्त गर्नुभयो ।

अब रोजगारीको सिर्जना सहीतको समृद्धी सरकारको चहाना रहेको रेग्मीले बताउनुभयो । रोजगारीको शिलशिलामा सिसेल्स पुगेका श्रेष्ठको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उहाँकी छोरीको पढाई खर्चलाई सहयोग स्वरुप २ लाख ८६ हजार ६ सय ६ रुपैंया परीवारलाई हस्तान्तरण गरिएको हो ।

सिसेल्समा बस्दै आएका नेपालीहरुको सहयोगमा उक्त रकम जम्मा गरिएको राम प्रशाद पन्तले बताउनुभयो ।
सिसेल्समा नेपाली राजदुताबास नहुँदा नेपालीको समस्या समाधान र सहयोगी भुमिका नेपालीहरुले नै गर्ने गरेका छन् । पन्तको पहलमा महेश श्रेष्ठको शव छोटो समयमा नेपाल ल्याइएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, भरत गोदार, अर्जुनकुमार सुवेदी, इश्वर पराजुली लगायतका बक्ताहरुले स्वदेशमा रोजगारीको वातावरण नभएका कारण धेरै नेपालीले विदेशमा मृत्यूवरण गर्नुपरेको उल्लेख गर्नुभयो । मृतक श्रेष्ठका एक छोरी र श्रीमति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्