पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने


मस्को ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिनुभयो ।

“दुई जना राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुने छ,” प्रवक्ता दिमित्री मेद्भेदेभले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले शिखर सम्मेलनका बारेमा दुई राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी पनि दिनुभयो ।

विश्वमा एक अर्काले ठिक विपरित धारको नेतृत्व गर्दै आउनु भएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

यसअघि ब्रसेल्समा भएको अर्को एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई शत्रु नभई प्रतिस्पर्धीको रुपमा लिएको बताउनु भएको थियो ।

उहाँले पुटिनलाई दुई पटक भेटेपनि पर्याप्त चिनजान हुन नसकेको र अव हुने भेटबाट राम्रो साथी बन्न सक्ने टिप्पणी गर्नु भएको थियो ।

यसअघि उहाँहरुकाबीचमा गत बर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।