रुकुममा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु १६ जना घाइते

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको सल्लेबाट मुसिकोट बजार तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ की २५ बर्षिया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ ।

ना ५ ख ६५१० बस सल्लेको मुलखोलामा दुर्घटना भएको हो । गम्भीर घाइते ८ बर्षिया नबिना थापालाई नेपालगंज रेफर गरिएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ । दुर्घटना बारे अनुसधान भइरहेको छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका १ का बर्ष १६ का चन्द्र बि.क, २३ बर्षकी देवी के.सी, बर्ष ५४ का बिष्णु बुढाथोकी,१० बर्षिया मञ्जु भण्डारी, ११ बर्षिया झरना थापा, वडा नं १३ का बर्ष २२ का बिष्णु खड्का, वडा नं १ की दिपिका बुढाथोकी, बर्ष २ का वालक जेनिष ओली, ७ बर्षिया मृता ओली, बर्ष २० की मनिणा बि.सी खड्का, बर्ष ८ का प्रबेश थापा, बाँफिकोट गाँउपालिका १० का बर्ष ४ का देवबहादुर बि.क, बर्ष ६ का जेनिष चन्द, र बर्ष २६ कि कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

Skip This