डा.केसीको जीवन रक्षाको माग गर्दै जुम्लामा धर्ना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कर्णाली शाखाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्स, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीहरुले बुधबार प्रतिष्ठान परिसरमा एक घण्टा धर्ना दिएका छन् ।

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी अनशन बसेका केसीको आज १२औं दिन भइसकेको छ ।

अनसनरत डा.केसीले जुम्लाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘सरकारलाई यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं ।’

यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको नगरेकोले उनीहरु सरकारप्रती रुष्ठ बनेका छन् ।

Skip This