अवैध सुनसहित भारतिय नागरिक पक्राउ


विनोद सिंह विष्ट, बैतडी ।
नेपाल–भारत सीमानाका झुलाघाटवाट एक भारतिय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ बर्षिय जगदिश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका ४ का २१ बर्षिय बिशाल गहतराज रहेका छन् ।

भारतिय नागरिक बर्माको साथवाट ६० ग्राम सुन र २४ हजार ३९० भारतिय रुपैंया र नेपाली नागरिक गहतराजवाट ३ लाख २७ हजार ९८५ रुपैंया र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारेको हो ।

संकास्पद आधारमा मंगलवार अपरान्ह सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतिय व्यापारी बर्मावाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कार्वाहीका लागी आज कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।