सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई


काठमाडौँ ।
कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिकको धनकुटा समाचारदाता कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

मियाँ र भण्डारीले सामुदायिक वन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले प्रदान गर्ने सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । उक्त पुरस्कार सामुदायिक वन दिवसको अवसरमा आगामी साउन २५ गते प्रदान गरिने विभागले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।