त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी, नुवाकोटका संचारमाध्यम ठप्प


शालिकराम चालिसे,नुवाकोट ।

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएको छ । आगलागीका कारण नुवाकोटमा विद्युत्त ठप्प भएको छ । विद्युत्त ठप्प हुँदा नुवाकोटका संचारमाध्यमहरु ठप्प बनेका छन् ।

जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउनका लागि प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबाक आगलागी भएको हो ।

आगलागीबाट बसबाक पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।