रूखबाट खसेर महिलाको मृत्यु


सल्यान ।
सल्यानमा घाँस काट्ने क्रममा रूखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका–६, रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी आज गाईवस्तुका लागि घाँस काट्ने क्रममा घर नजिकैको रूखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो

गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि अञ्चल अस्पताल तुल्सीपुरमा लगिएको थियो । उपचारका क्रममा उहाँकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।