विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छः प्रधानमन्त्री


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ ।

प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्न यहाँका सांसद नै लाग्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।