लागू औषधसहित कपिलवस्तुमा एकजना पक्राउ


कपिलवस्त ।
नेपालमा प्रतिबन्धित लागू औषध भारतबाट अबैध रुपमा ल्याउँदै गर्दा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । प्रहरी चौकी मर्यादपुरका प्रहरी टोलीले यशोधरा गाउँपालिका ७, मर्यादपुरमा लागू औषधसहित बुद्धभूमि नगरपालिका ५ गोरुसिंगेका २५ वर्षे अनुस कोइरालालाई पक्राउ हो ।
खुनुवा बजारबाट खरीद गरी ल्याएको नाइट्रेजपाम चक्की ७, र स्पास्मो ६ थानसहित कोइराला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ परेका कोइरालालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो । कोइराला नवप्रभात बोर्डिङ स्कूल सालझण्डी रुपन्देहीका शिक्षक हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।