सेती नदीले बगाउँदा २५ वर्षीय युवक बेपत्ता


दमौली ।
तनहुँको ब्यास नगरपालिका–१४ स्थित सुडेको पुल नजिकैबाट आज सेती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

नदीले बगाएर बेपत्ता हुनेमा म्याग्दे गाउँपालिका–४ का २५ वर्षीय सुशील शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भतिजसँग पौडी खेल्न गएका शाहीलाई नदीले बगाएको हो । बेपत्ता भएका शाहीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बताइएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।