आगलागीबाट एक घर जलेर नष्ट


रसुवा ।
आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित रु १० लाखबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।