बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


बुटवल ।
पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको देवदहमा गएराति बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५०८२ नम्बरको बसले सोही दिशातर्फ साइकलमा जाँदै गरेका देवदह नगरपालिका–६ का ४० वर्षीय सोमबहादुर श्रीसको देवदह–९, घोडाहामा गएराति करीब पौने १० बजे बसको ठक्करबाट मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रीसको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।