थाइ गुफा काण्डको अर्को भिडियो बाहिरियो


बैंकक,(एजेन्सी)
धेरैदिन देखि थाइल्यान्डको एउटा गुफामा थुनिएका बाह«जना किशोर र तिनीहरुका एकजना प्रशिक्षककाबारे सरकारले बुधवार एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । सो भिडियोमा तिनीहरुले आफ्ना स्वास्थ अवस्था ठीक रहेको बताएका छन् ।

 

भिडियोमा तिनीहरुले हाँस्दै खुशीका साथ पालैपालो आफ्नो परिचय दिइरहेको देखिन्छ ।
नौ दिन देखि बाढीको पानी जमेको लामो सुरुंगमा थनिएका तिनीहरुलाई वेलायतका दुईजना तैराकीले जिवित अवास्थामा फेला पारेका थिए । तिनीहरुलाई सरकारले खाद्यान्न र औषधि उपलब्ध गराएको छ ।

तिनीहरु त्यहाँबाट बाहिर निस्कन कित पानी मुनि तैरिएर आउनु पर्ने वा पानी नसुकुन्जेल महिनौ कुनुपर्ने बताइएको छ । तर भर्खरै मात्र वर्षतको मौसम शुरु भएकोले थाम लुआंग गुफामा पानीको उचाई निरन्तर बढिरहनु ठूलो समस्या भएको छ ।

अन्य दुईवटा भिडियोमा एकजना डाक्टरले ति केटाहरुलाई लागेको सामान्य चोटपटकको उपचार गरिराखेको र तिनीहरुले कति चाँडो खाना आइपुग्छ भनी सोधेको दृश्यहरु छन् ।