९ दिनदेखि गुफामा फसेका १३ जना सकुशल भेटिए (भिडियो)

0
Shares

काठमाडौँ । थाइल्याण्डको गुफामा ९ दिनदेखि फसेका १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सकुशल भेटिएका छन । थाइल्याण्डको जल सेना, अमेरिकी, चिनियाँ, अष्ट्रेलियन तथा बेलायती गोताखोरहरुले उनीहरुलाई भेटेका हुन् । चियाङ रायका गर्भनर नरोङसाक ओसोत्तनाकोर्नले १३ जना नै सकुशल रहेको पुष्टि गरेका छन् । ११ वर्षदेखि १६ वर्षसम्मका उमेरका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य हुन ।

उनीहरु चियाङ रायमा रहेको थाम लुवाङ गुफामा घुम्न जाँदा भारी वर्षाका कारण आएको बाढीले गुफाको प्रवेशद्वार बन्द भएको थियो । अन्तर्राष्ट्रिय उद्दार टोलीले उनीहरुलाई सोमबार भेटेपछि पूरै थाइल्याण्डमा खुशीयाली छाएको छ । बाढीका कारण गुफाभित्र पूरै लेदो पसेका कारण उद्दारमा समय लागेको अधिकारीहरुले जनाएका छन् ।

.उद्दारका लागि दुई जना बेलायती उद्दारकर्मी रिक स्ट्यान्टोन र जोन भोलान्थेन गएको हप्ता थाइल्याण्ड आएका थिए । थाइल्याण्डको नाभी फोर्सले फेसबुकमा राखेको भिडियोमा टर्च बाल्दै गुफाको भित्री भागमा पुगेका बेलायती उद्दारकर्मीले ती बालकहरुसँग गरेको कुराकानी सुन्न सकिन्छ ।

हेर्नुहोस् उद्धार जारी रहेको भिडियो