बाढीमा फसेका १२ खेलाडीको सकुशल उद्धार, थाइल्याण्डभर खुशीयाली छायो

0
Shares

थाइल्याण्ड । उत्तरी थाइल्याण्डको एउटा गुफामा नौ दिनदेखि फसेका १२ फुटवल खेलाडी र फुटबल प्रशिक्षकलाई उद्धारकर्मीले सकुशल उद्धार गरेका छन । यस घटनालाई चमत्कारी घटनाको रुपमा हेरिएको छ ।

११ वर्षदेखि १६ वर्षसम्मका उमेरका ती बालकहरु फुटवल खेलकालागि त्यस क्षेत्रमा पुगेका थिए । तर भारी वर्षाका कारण आएको बाढीका कारण गुफाको प्रवेशद्वार बन्द भएपछि उद्धारकालागि संसारबाट १ हजार भन्दा बढी खोजकर्ता परिचालन गरिएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएको छ । लगभग आस मारिएको उक्त खोजले सार्थकता पाएपछि पुरै थाइल्याण्डभर खुशीयाली छाएको छ ।
थाइल्याण्डको जल सेना, अमेरिकी, चिनियाँ, अष्ट्रेलियन तथा बेलायती गोताखोरहरुले उनीहरुलाई सकुशल उद्धार गर्न सफल भएका थिए । चियाङ रायका गर्भनर नरोङसाक ओसोत्तनाकोर्नले १३ जना नै सकुशल रहेको पुष्टि गरेका छन् ।