ओव्राडर मेक्सिकोको नवनिर्वाचित राष्ट्रपति: भ्रष्टाचार उन्मुलन प्रमुख प्राथमिकता

0
Shares

मेक्सिको सिटी,(एजेन्सी)
मेक्सिकोका वामपन्थि नेता आन्द«ेज म्यानुयल लोपेज ओव्राडरले आइतवार राष्ट्रपतिय चुनाव जितेपछि राष्ट्रको भ्रष्टाचार समस्या समाधान गर्ने पुन प्रतिवद्धता जनाएक छन् ।

उनले यस समस्यालाई चुनावी नारा न ैबनाएका थिए । उनले खसेको कूल मतको ५३ प्रतिशत भन्दा बढि मत हासिल गरेको आधिकारिका पुष् िट गरिएको छ । तर उनको पार्टी नेसनल रिजेनेरेसन मुभमेन्ट ( मोरेना ) र त्यसका गठबन्धन पार्टीहरुले मेक्सिकोको कंग्रेस र सिनेटमा बहुमत ल्याउला वा नल्याउला भन्ने स्पष्ट हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु ६४ वर्षिय ओव्राडरसंग काम गर्न इच्छुक रहेको बताएक छन् । व्यापार र आप्रवासी समस्यालाई लिएर अमेरिका र मेकिस्कोबिच विवाद चर्केको थियो । ओव्राडरले भनेका छन् , ‘ म हाम्रो राष्ट्रले अमेरिकाबाट आर्थिक रुपमा थप स्वतन्त्रता हासिल गरोस् भन्ने चाहन्छुँ । साथै राष्ट्रपति ट्रम्पलाई अवैध आप्रवासी समस्या समाधानका लागि मद्धत गर्न आग्रह गर्दछुँ । ’

उनले दुईवटा स्थापित राजनीतक पार्टीका नेता नेसनल एक्सन पार्टी ( पिएएन ) का रिकार्डो एनाया र इस्टिच्युसनल रिभोलुस्नरी पार्टी ( पिआरआइ ) का जोसे एन्तोनियो मियडलाई नराम्ररी पराजित गर्न सफल भएक हुन् । स्वतन्त्र उम्मेदवार जेइम रोड्रिगुयज काल्डेरोन चौंथो स्थानमा रहेका छन् ।

झण्डै बाह« वर्षपछि आफुहरुले चाहेको जस्तो व्यक्ति राष्ट्रपति बनेकोमा खुशीयाली मनाउन हजारौ जनता मेक्सिकोका सडकहरुमा उर्लेका छन् । राष्ट्रपति ट्रम्प र भेनेजुयाली नेता निकोलस माडुरो लगायत विश्वका अन्य थुप्रै नेताहरुले ओव्राडरलाई शुभकामना सनदेश पठाइसकेका छन् ।

नवनिर्वाचत राष्ट्रपतिले उर्जा सम्झौताहरुको हस्ताक्षरका लागि भएका भ्रष्टाचार काण्डहरुको पुनरावलोकन गराउने प्रतिवद्धता जनाएक छन् । मेक्सिको विशवकै सबैभन्दा भ्रष्ट राष्टहरु मध्ये एकको रुपमा कुख्यात छ ।

गत वर्ष मेक्सिको ट्रान्सपरेन्सी इन्टरनेसनलको सबैभन्दा भ्रष्ट १ सय ८० वटा राष्ट्रको सुचकिो १ सय ३५ औं स्थानमा परेको थियो । ओव्राडरको सन् १९५३ को १३ नोभेम्वरमा दक्षिणी टावास्को राज्यको टेपेसियनको ग्रामिण समदायको एक व्यापारिक परिवारमा जन्म भएके थियो । ‘ आम्लो ’ उपनामबाट पनि निकै लोकप्रिय उनी सन् २००० मा राजधानी मेक्सिको सिटीको मेयरमा निर्वाचित भएक थिए ।