संस्थानहरुमा बालयौन शोषणबाट पिडितका लागि मुआबजा

0
Shares

सिड्नी (एजेन्सी)
अष्ट्रेलियाले विभिन्न संस्थानहरुमा बालयौन शोषणबाट पिडितका लागि मुआब्जा दिने योजना सुरु गरेको छ । यसलाई राष्ट्रिय मुआवजा योजना नाम दिइएको छ । यस योजना अन्तर्गत ६० हजार अष्ट्रेलियाली यस मुआवजाका लागि योग्य रहेको सरकारी आंकडाले देखाएको छ ।

अष्ट्रेलियाली अधिकारीहरुका अनुसार ४ अर्ब डलर मुआवजाको यस योजनाले पिडितहरुको दुख कम गर्न मद्दत हुने छ । अष्ट्रेलियाली संस्थानमा दशकौं देखि भइरहेको बाल शोषणमा एक जाच आयोगले आर्थिक मुआब्जा सिफारिस गरेको थियो ।

आयोगले धार्मिक संस्थान, स्कुल, च्यारिटी, स्पोर्टस क्लब र सेनामा पिडित तथा उनीहरुमाथि भएको दुब्र्यवहारलाई लिएर ५ बर्षसम्म छानबिन गरेको थियो । आयोगको करिब सबै सिफारिसलाई अष्ट्रेलियाली सरकारले स्विकार गरेको थियो ।

यस योजना अनुसार जुन जनु परिवारले मुआवजाका लािग आवेदन गर्नेछ ,उनीहरुले फेरी यस मामिलामा मुद्दा दायर गर्न सक्ने छैन । अष्ट्रेलियाको समाज कल्याण मन्त्री डेन टेहानले भने– हामी दुब्र्यवहारका पिडित ती करिब ६० हजारका साथमा छौं, जो ती विश्वसनिय संस्थानहरुमा थिए र त्यहाँ उनीहरुलाई सुरक्षित राख्नु पथ्र्यो ।

क्याथोलिक चर्च सहित कयौं राज्य सरकार र धार्मिक समुह यस योजनामा आबद्ध भएका छन् । पिडितहरुलाई अधिकतम १ लाख ५० हजार डलर मुआवजा दिइने बताइएको छ । औषतमा मुआवजाको रासी करिब ६७ हजार डलर हुने छ ।

डग गाल्टरले सुरुमा मेलबर्न स्थित बाल गृहमा र फेरी सिडनी स्थित जेलमा १७ बर्षको उमेर देखि यौन शोषण झेल्नु परेको थियोा। अष्टे«लियाली ब्रोडकास्टर एबीसीलाई उनले उक्त दुब्र्यवहारको असर जीवन भर रहने उनले बताए ।


गाल्टरले भने– यहाँसम्मकी तपाई जसलाई मनपराउनु हुन्छ, उसको पनि अत्यन्त नजिक जान सक्दैन । तपाई यस विषयमा उसँग कुरा गर्न सक्दैन किनभने उसले तपाईको पिडा महसुस गर्न चाहँदैन ।

केहि वकिलहरुले यस योजनालाई अन्तिम विकल्पका रुपमा प्रयोग गर्नु पर्ने बताएका छन् । यदि पिडितले आफुमाथि दुब्र्यवहार गरिएका संस्थानहरु विरुद्ध मुद्दा गरी अझ बढी मुआवजा लिन सक्ने स्थिति आउने उनीहरुले बताए ।

तर गम्भिर रुपमा विरामी भएका गाल्टर जस्ता पिडितहरुका लागि भने यो पक्रिया अत्यन्त लामो समय लाग्ने हुन्छ । उनले भने–मसँग कुनै अर्को विकल्प छैन । मुद्दा गर्नु त सबैभन्दा राम्रो तरिका हुनेछ तर मसँग समय छैन । मेरो जीन्दगी अब यति कम छ की अदालती कारवाहीका लागि यो छोटो हुनेछ ।

अष्ट्रेलियाली प्रधानमन्त्री मल्कम टर्नबुलले योजना पिडा कम गर्ने पक्रियाको हिस्सा भएको बताए । उनले भने– हामीले अगाडी आएको सत्यको सामना गर्नु नै पर्छ । यो अत्यन्त कठिन छ । टर्नबुलले अक्टोबर २२ मा संस्थानहरुमा भएको दुब्र्यवहारका पिडितहरुसँग औपचारिक माफी माग्ने छ ।