कैदी जेल तोडी हेलिकप्टरमा फरार

0
Shares

पेरिस (एजेन्सी)
पेरिसमा एक कुख्यात अपराधी आइतबार जेल तोडी भाग्न सफल भएका छन् । एक समय मोस्ट वान्टेडको सुचीमा परेका ती अपराधी जेल तोडेर हेलिकप्टरबाट फरार भएका थिए ।

४६ बर्षिय रेडोइन फायड पेरिसको दक्षिण पुर्वी उपनगरिय इलाका स्थित एक जेलमा आफना हतियारधारी साथीहरुको मद्दतबाट फरार भएका हुन् ।

उनी आफना तीन साथीसँग भागेको जेल अधिकारीहरुले बताए । भाग्न प्रयोग भएको हेलिकप्टर पेरिसको उत्तर पुर्वी उपनगर इलाकाबाट बरामद भएको बताइएको छ । सन् २०१० मा डकैतीको योजना गरेको आरोपमा यसैबर्ष उनलाई २५ बर्षको जेल सजाय सुनाइएको थियो । उक्त डकैतीमा गोलाबारी हुँदा एक प्रहरीको मृत्यु भएका थियो ।

फायड विगतमा कयौं पटक टेलीभिजन साक्षात्कारमा आइसकेका छन् । उनी दुई पुस्तकका सह लेखक पनि हुन । पुस्तकमा उनले अपराधीका रुपमा आफ्नो उदयका विषयमा लेखेका छन् । फायडले आफनो अपराध अमेरिकी फिल्म ‘स्कारफेस‘ र ‘हिट‘बाट प्रेरित रहेको बताएका थिए ।