कठिन जित निकाल्दै बेल्जियम क्वार्टरफाइलनमा



काठमाडौं ।
रसियामा जारी विश्व कपको नकआउट चरण पार गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ । जापानविरुद्ध कठिन जित हात पार्दै बेल्जियम फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगको हो ।

उनले जापानलाई ३–२ को कठिन जित निकालेको छ । खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गर्न सफल जापानले फेरी खेलको ५२ औँ मिनेटमा अर्काे गोल गर्दै बेल्जियम विरुद्ध २–०को अग्रता बनायो। तर त्यसको १७ औँ मिनेटपछिदेखि गोल गर्न सुरु गरेको बेल्जियमलाई खेलको अन्तिम समयसम्म पनि जापानले रोक्न सकेन ।

बेल्जियमले खेलको ६९ औँ, ७४ औँ र इन्जुरी समयमा गोल गर्दै जापान विरुद्ध जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्