मेक्सिकोलाई हराउँदै ब्राजिल क्वार्टरफानलमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध २–० गोलले पछि पार्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ । मेक्सिकोले ब्राजिललाई खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । भने खेलको ५१ मिनेटमा नेयमार र ८८ औँ मिनेटमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–०को अग्रता सहित जित दिलाए । यस सँगै मेक्सिकोको विश्वकपको यात्रा यहि समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्