नयाँ दिल्लीमा एकै परिवारका एघार शव भेटिए

0
Shares

नयाँदिल्ली,(एजेन्सी)
भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा एउटै परिवारका एघारजना सदस्यको रहस्यमय अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

एघार मध्ये दस जनाको शव आँखामा पट्टी बाँधेर झुण्डिएको र एकजनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले आइतवार बताएका छन् । तिनीहरु भेन्टिलेसनको नेटमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अहिले सम्म अनुसन्धानमा जुटेका प्रहरीले आत्महत्याको पत्र फेला पारेको छैन ।

मृतकहरु एकै परिवारका सात जना महिलासहित अन्य चारजना पुरुषको शव रहेको बताइएको छ । सत मध्ये मृतक मध्ये तिनजना किशोर अवस्थाका र एकजना ७५ वर्षीया वृद्धा रहेको पनि बताइएको छ । प्रहरीले प्ररम्भिक छानविनको क्रममा छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको सो घरमा शव भेटिए लगत्तै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान थालनी गरेको छ । यस परिवारले सोही क्षेत्रमा किराना पसल संचालन गर्दै आएका थिए ।

शनिवार राति पौने बाह« बजे पसल थुनेर सो परिवार सुत्न गएका थिए । तिनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि हिजो बिहान साढे सात बजेसम्म पनि पसल नखोलेपछि एकजना छिमेकीले घर पुगेर हेर्दा शवहरु देख्नासाथ प्रहरीलाई खबर गरेको बताइएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले घटनास्थलमै पुगेर अनुसनधानबारे जानकारी हासिल गरेका छन् । तिनीहरुका छिमेकीहरुले बिहान दुध लिन निस्कँदा तिनीहरुको घरको मुख्यद्वार खुल्लै रहेकाले भित्र गएर हेर्दा बिभत्स दृश्य देखेको बताएका छन् ।