मेक्सिको सिटी,(एजेन्सी)
राष्ट्रपतिय , संसदिय र स्थानिय निर्वाचनका लागि आइतवार मेक्सिकोमा मतदान केन्द«हरु खुल्ला भएका छन् । मत सर्वेक्षण अनुसार राष्ट्रपतिय उम्मदवार आन्द«ेस म्यानुयल लेपेज ओव्राडर अग्रस्थानमा देखिएका छन् ।
राजधानी मेक्सिको सिटीका पुर्व मेयर तथा वामपन्थि नेता ओव्राडरले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख चुनावी मुद्धा बोकेका छन् । यदि उनले चुनाव जितेको खण्डमा झण्डै एक शताब्दि देखि मेक्सिकोमा सत्ता चलाउँदै आएका अन्य दुई वटा राजनीतिक पार्टी बाहिरिने छन् ।
तर दशकौं देखि राजनीतिक हिंसाग्रस्त रहेको कारण मेक्सिकोमा अझै निर्वाचनको परिप्रेक्ष्यमा पनि राजनीति प्रचार प्रसार त्यति सहज बन्न सकेको छैन । मेक्सिकोका लागि विविसिका पत्रकार विल ग्रान्ट अधिकांश मतदाताहरु वर्तमान राष्ट्रपति एनरिक पेना निएटोलाई बिदाइ गर्न इच्छुक रहेको बताएक छन् ।
अहिले मेकिस्कोका जनता त्यहाँको गिर्दो अर्थतन्त्र , भ्रष्टाचार र अपराधको कारण निकै चिनितत र ओक्रोसित रहेका छन् । ओव्राडरले कर्मचारीहरुको तलव र निवृत्तिभरण बढाइदिने आश्वासन पनि दिएका छन् । ६४ वर्षिय ओव्राडर यस अघिका दुईवटा चुनावमा दोश्रो स्थानमा रहेका थिए ।











प्रतिक्रिया