वायु प्रदुषण मधुमेहको अर्को कारण

0
Shares

पेरिस,( एजेन्सी)
सन् २०१६ मा गरिएको अमेरिकी अध्ययनले सात प्रकारका मधुमेह मध्ये सबैको कारक तत्वमध्ये एक वायु प्रदुषण पनि भएकोे देखाएको छ । वायु प्रदुषणले दीर्घरोग लाग्न सक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा भने कुनै न कुनै भूमिका खेल्ने गरेको सो अध्ययनले पत्ता लगाएको छ ।

मधुमेह विशेषगरी जीवनशैलीसँग सम्वन्धित खानपान र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुने बताइएपनि सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रदुषण पनि मधुमेहको मुख्य कारक रहने गरेको अध्ययनबाट पत्ता लागेको जनाएको छ ।
सो अध्ययनले २०१६ मा विश्वभरिका ३२ लाख मधुमेहका नयाँ विरामी प्रदुषणका कारण भएको अनुमान गरेको हो । यो संख्या सो वर्षभरि विश्वभरि मधुमेहको शिकार भएका मध्येको १४ प्रतिशत हो ।

अध्ययन समूहका प्रमुख लेखक जियाद अल अलीले भनका छन् , ’ यस अनुसन्धानले वायु प्रदुषण र मधुमेहबीचको महत्वपूर्ण सम्बन्ध फेला पारेको छ । प्रदुषणले शरीरको इन्सुलिन उत्पादन गर्ने शक्तिलाई घटाउने गर्छ । फलत यसले शरीरलाई स्वस्थ राख्नका लागि चाहिने रगतमा भएको ग्लुकोजको मात्रालाई उर्जामा रूपान्तरण गर्नबाट रोक्छ । ’

बढ्दो औद्योगिकरण र सवारी साधनबाट निष्कासन हुने धुँवा , बन जंगल फडानी , नदीमा ढल मिसाउने , बन्यजन्तु र पन्छिहरुको शिकार तथा आणविक परिक्षण जस्ता विभिन्न कारणले गर्दा विश्वमा दिन प्रतिदिन वातावरण प्रदुषण बढिहरेको छ ।