प्रतिबन्ध हटाउनमा सहयोग गर्न सीसँग किमको आग्रह

0
Shares

टोक्यो (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोङउनले चीनका राष्ट्रपति सी जिनपिंगसँग प्योङयाङमाथि लगाइएका प्रतिबन्ध हटाउनमा मद्दत गर्न आग्रह गरेको एक अखबारले जनाएको छ ।

दुबै देशका विद्यमान सुत्रलाई उदृत गर्दै जापानको चर्चित अखबार योमुरी सिम्बुनले उक्त दावी गरेको हो । गत महिना आफनो तेस्रो चीन भ्रमणका क्रममा किमले सीसँग उक्त अपिल गरेको र चिनियाँ राष्टपतिले पनि उनलाई हर सम्भव सहयोग गर्ने विश्वास दिलाएको बताइएको छ ।

योमुरी सिम्बुनका अनुसार किमले सीलाई भने– हामी आर्थिक प्रतिबन्धका कारण अत्यन्त अप्ठ्यारो महस गरिरहेका छौं । अब हामीले अमेरिका– उत्तर कोरियाबीच बैठकलाई सफल बनाइसकेका छौ । त्यसै म चीनले प्रतिबन्ध चाँदै हटाउन मद्दत गर्नु पर्छ ।

चीन उत्तर कोरियाका सबैभन्दा ठुलो सहयोगी हो । हालैका महिनामा शित युद्ध काल देखि सहयोग रहेका चीन र उत्तर कोरियाले सम्बन्धमा आएका तनाव कम गर्ने प्रयास भइरहेको छ । प्योङयांङले लगातार क्षेप्यास्त्र परीक्षणपछि चीनले संयुक्त राष्टको तर्फबाट लगाइएका आर्थिक प्रतिबन्धलाई लागु गरेको थियो ।

किमले आफनो पहिलो विदेश यात्राका लागि आफना पुरानो आर्थिक सहयोगी र कुटनितिक रक्षक चीनलाई नै चयन गरेका थिए । मार्चमा किमले पहिलो पटक सीसँग भेटवार्ता गरे र मेमा पनि यी दुईबीच भेट भएको थियो ।

पछिल्लो भेटमा किमले सीसँग प्रतिबन्धका कारण उत्तर कोरियाको अर्थब्यवस्था अपाङ भइसकेको बताएका थिए । साथै किमले परमाणु निसस्त्रिकरणलाई लिएर वासिङटनसँग भइरहेको वार्तामा पनि चीनको समर्थन मागेका छन् ।

चीनले गत बर्ष संयुक्त राष्ट्र सुरक्षा परिषद प्योङयाङ विरुद्ध लगाएको प्रतिबन्धमा खुकुलो पार्ने संकेत दिएको थियो । किमले गरेको चीनको तेस्रो भ्रमणको उद्देस्य पनि वासिङटनसँगको बैठकपछि पनि बेइजिङको हितलाई बेवास्ता नगर्ने विषयमा सीलाई आश्वस्त पार्नु रहेको अनुमान गरिएको छ ।

तर बेइजिङलाई वासिङटनको बैठकपछि वासिङट र प्योङयाङ एक अर्कोबीच नजिकिन सक्ने र त्यसले उसको सुरक्षा र अर्थब्यवस्थालाई खतरा पुग्न सक्ने चिन्ता रहेको बताइएको छ ।